राजनीति

प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै
झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे ।

नेपाल

सडक दुर्घटनामा परी दुई जनाको मृत्यु
कोहलपुर । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
खेल

स्थायी रुपमा नै ग्यारेथ बेललाई अनुबन्ध गर्ने तयारीमा टोटनहम
एजेन्सी । टोटनहमका पछिल्लो समय फर्ममा रहेका खेलाडी हुन् ग्यारेथ बेल । उनले पछिल्लो चार खेलमा चार गोल गरेका छन् । उनको खेलबाट खुसी रहेका कारण क्लबले उनलाई स्थायी रुपमा नै अनुबन्ध गर्न चाहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
एभर्टनले साउथह्याम्प्टनलाई हरायो
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले साउथह्याम्प्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एभर्टन १- ० गोलले विजयी बनेको हो ।
रियल सोसिडाडसँग बराबरीमा रोकियो रियल मड्रिड
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । गएराति रियल मड्रिडको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आरसिटीले टुसाललाई हरायो
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले टुसाल युथ क्लवलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसिटी १–० गोलले विजयी भएको हो ।
अर्थ

सुनचाँदीको भाउमा भारी गिरावट
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा १ हजार ७०० रुपैयाँले सुनको भाउमा कमी आएको हो ।
सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले राजीनामा दिए
काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । देवकोटाले आगामी चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । देवकोटा २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओका रुपमा कार्यरत थिए ।
बढेपछि कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको हो ।
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ । दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गर्न लागेको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ ।

अन्तर्वार्ता

तीन वर्षमा लुम्बिनी प्रदेशको विकासनिर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र
पर्यटन
‘पर्यटन विकासका लागि सहकार्य गर्न तयार’

पोखरा । सुदूरपश्चिमको पर्यटन विकासका लागि पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्ममा यहाँका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

चितवन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।
अन्तर्राष्ट्रिय
ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।
भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय सुनाइयो फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई

एजेन्सी । फ्रेन्च अदालतले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै ३ वर्षका लागि जेल सजाय सुनाएको छ ।
प्रबिधि

जागरुक युवा समाजद्वारा आविष्कार केन्द्रलाई १ लाख सहयोग हस्तान्तरण
काठमाडौं—जागरुक युवा समाज नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार केन्द्रका प्रमुख डा। महावीर पुनमार्फत केन्द्रलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
धेरै पढिएका खबर
- भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- कस्ती युवतीसँग विवाह गर्ने ?
- कानुनीरुपमा विभाजन नहुँदा समस्या, अब छिनोफानो संसद्बाटै
- किन कलिलो उमेरमा नै कपाल फुल्छ ?
- प्रचण्डको सर्वत्र आलोचना
- गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना
- ‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्’
- म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।
स्वास्थ्य
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल

कर्णाली । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।
English
South Korea to provide anti-COVID-19 vaccine to Nepali free of cost

Seoul, Jan 20. The Government of South Korea is to administer anti-coronavirus vaccination to all domestic and foreign nationals residing in its country free of cost.