सरकारको पहिलो प्राथमिकता स्वास्थ्य

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताएका छन् । विस्तृतमा


बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

बैतडी । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।

एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।

अमेरिकाबाट एकलाख मात्रा फाइजर खोप आउँदै

अमेरिकाबाट एकलाख मात्रा फाइजर खोप आउँदै

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

‘नेपालमा पोलियोको जोखिम कायमै’

‘नेपालमा पोलियोको जोखिम कायमै’

काठमाडौँ । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।

नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको भ्याक्सिन ?

नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको भ्याक्सिन ?

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

पाँचथर अस्पतालमा तोडफोड

पाँचथर अस्पतालमा तोडफोड

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिए

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिए

बेनी । तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

भक्तपुर । सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो ।

चीनबाट अक्सिजन आयात

चीनबाट अक्सिजन आयात

काठमाडौँ । जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

फेसबुकका सिइओ र उनकी पत्नीविरुद्ध दुई जना पुर्व कर्मचारीले गरे केश दर्ता, घरमा दुव्र्यवहार भएको आरोप

एजेन्सी । फेसबुकका सिइओ मार्क जकरबर्ग र उनको श्रीमती प्रिसिला चानका घरमा काम गर्ने दुई जना पुर्व स्टाफले केश दर्ता गराएका छन् । दुई पुर्व स्टाफ मिया किङ र जोन डोले मार्क जकरबर्गको घरमा सिक्योरिटी इन्चार्ज लियाम बुथभित्र काम गर्थे ।