ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित
दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा एमाले पराजित भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जितेको हो।
सो नगरमा राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन्।
विस्तृतमा
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् ।
बालेनले कटाए ३५ हजार मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन् ।
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।
गठबन्धन मूलभूतरुपमा सफलः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् । उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।”
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

वीरगञ्ज । मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उनीसँग प्रतिस्र्धामा छन् ।
दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो हुन पुगेको छ ।
पोखरा अपडेटः प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।
जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत

दाङ । दाङमा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् ।
विजयनगरमा पुनः एमालेकै नेतृत्व

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् । थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरिन् ।
राजनीति ट्रेण्डिङ्ग
- ६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- बालेनले कटाए ३५ हजार मत
- समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
- गठबन्धन मूलभूतरुपमा सफलः अध्यक्ष दाहाल
- वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
- दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो
- पोखरा अपडेटः प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।