Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKसमाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड


स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ ।

स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो । २०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ । यहि मार्च २०२४ मा ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो ।

एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष समेत रहनु भएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नु भएको थियो । साथै कोभिडको महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोगको अभियान संचालन गर्नु भएको थियो। हाल एनआरएनएमा कुनै पदमा नरहेपछि र आफ्नो ब्यबसायमा खटिनु भएपछि अवार्डहरु प्राप्त गर्न थालेको छ ।

सन् २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने सञ्चालक समाजसेवी कार्कीले बताए । गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले नै उक्त अवार्ड प्राप्त गरेको कार्कीले बताए ।

एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहेका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताए । कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ । कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दैछन् ।

स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उनी रहेका छन् । फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ

बेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा…

एजेन्सी । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल

बेलायतमा प्रदर्शन चर्कदैे

एजेन्सी । बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं

बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन

एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् । मंगलबार बेलायतको

Techie IT