Techie IT
२०८१ चैत्र १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा बढी व्यक्ति पक्राउ

बेलायतमा गत हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा चार सय जनाभन्दा बढी व्यक्ति पक्राउ


एजेन्सी । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ । यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए । हिंसक प्रदशर्नका क्रममा कैयौँ प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि बेलायतमा हिंसक प्रदर्शन चर्किएको हो । प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक कैयौँ ठाउँमा आमनेसामने आएका थिए । प्रदर्शनकारीहरूले आप्रवासी मुस्लिम लक्षित आक्रमण गरिरहेका छन् । उनीहरूले मस्जिदमा पनि आक्रमण गरिरहेका छन् ।

यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले सहयोग गर्नै बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

Techie IT