गृहपृष्ठ ∕
UK ∕
बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन
एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् ।
मंगलबार बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार गर्दा ३ जनाको मृत्यु र ८ जना घाइते भएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।
बेलायतको साउथपोर्टको सेन्ट ल्यूक रोडमा भएका प्रदर्शनमा पीडित परिवारका साथै हजारौंको सहभागिता रहेको छ । सुरक्षामा भएको कमी कमजोरीका कारण घटना भएको भन्दै प्रदर्शनकारीहले सरकारको चर्को आलोचना गर्दै नाराबाजी गरेका छन् ।
प्रदर्शनका क्रममा तैनाथ गरिएका सुरक्षाकर्मीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा अधिकांश प्रहरीको शरीरमा चोट लागेको छ ।
यसैक्रममा प्रदर्शनकारीले भौतिक सम्पत्तिमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले पानीको फोहोरा र अश्रग्याँस प्रहार गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित
लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही