लण्डन । बेलायतमा नेपाली मेला हुने भएको छ । १५औँ संस्करणको नेपाली मेला आगामी २५ अगस्टमा हुने भएको हो ।
तमु धीं युकेका उपाध्यक्ष एमं मेलाका संयोजक परशु गुरुङले १५औँ नेपाली मेला यो वर्ष बैंक होलिडेका दिन हुन लागेको जानकारी दिए । वार्षिक कार्यक्रमअन्तर्गत मेला रेसकोर्सस्थित केम्पटोन पार्कमा हुनेछ ।
बिहान १० देखि बेलुका ८ बजेसम्म चल्ने मेलाको मूल नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । एम्बेसडर कप, विविध सांस्कृतिक झाँकी तथा सांस्कृतिक कार्यक्रममा बेलायतमा सक्रिय संघ, संस्थाले मेलामा सहभागिता जनाउँछन् ।
नेपाली राजदूतावास लन्डन तथा तमु धीं युकेको सहकार्यमा मेला हुँदै आएको छ । मेलामा विभिन्न व्यावसायिक, खुद्रा पसल,च्यारिटीलगायत स्टल राख्ने चलन छ ।