Techie IT
२०८१ फागुन १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKघान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन


लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् ।

शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले देवबहादुरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । यस्तै आमा समूहको अध्यक्षमा हिरादेवी गुरुङ चयन भएकी छन् ।

समाजका अध्यक्ष नारायणसिंह गुरुङको सभापतित्वमा बसेको सभालाई महासचिव राजकुमार गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रम १६औँ वार्षिक साधारणसभा र सातौँ कार्यसमिति चयनको अधिवेशन गरी दुई चरणमा भएको थियो ।

कार्यक्रममा महासचिव राजकुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । देवसिंह गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै, स्पोर्ट्स सेक्रेटरी याम गुरुङले गोर्खा कप र तमु भाषा समितिको हिसाब किताब प्रस्तुत गरे । आमा समूहका कोषाध्यक्ष रजनी गुरुङले आमा समूहको कोषबारे प्रतिवेदन प्रस्तुत गरिन् ।

आमा समूहका अध्यक्ष हरिमाया गुरुङले प्रगति प्रतिवेदनको साथै आफ्नो तीन वर्षे कार्यकालको विस्तृत विवरण प्रस्तुत गरिन् । त्यसपछि अध्यक्ष नारायणसिंह गुरुङले विभिन्न विषयमा छलफल गरी एजेन्डाहरू फ्लोरमा राखेर आवश्यक निर्णय गराए। उनले पहिलो चरणको कार्यक्रमलाई धन्यवादका साथ समापन गरे । त्यसपछि ब्रेकको समयमा खाना लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT