Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै


लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू सिनेमा फर्नबोरोमा बिहान १० बजे चलचित्रको ग्राण्ड प्रिमियर हुने भएको हो ।

प्रिमियरमा अभिनेत्री मिरुना मगरको उपस्थित हुने भएको छ । कबडी फिल्मको ब्यानरमा रहेको यस चलचित्रको प्रोड्युसर गोर्खा वारीयर्स र शैलेन्द्र डी. कार्की रहेका छन् भने कथा र निर्देशन उपेन्द्र सुब्बाले गरेका छन् ।

ताप्लेजुङ् यूवा समाजको साथमा गोर्खा वरियर्सले प्रिमियर सो पछि १२ तारिख लिम्बुजातिको बाक्लो बस्तिभएको ठाउँमा २ सो गर्दै बेलायतको बिभिन्न ठाउँहरुमा उक्त चलचित्र प्रदर्शन गर्ने वारीयर्सका संयोजक पिटर गुरुङ्ले जानकारी दिए ।

वरियर्सले यसअघि लुट चलचित्रका निश्चल बस्नेत, दयाहाङ् राई प्रियान्का कार्की लगायतका कलाकारहरुलाई उपस्थित गराएर सो गरिसकेको र अन्य धेरै ठुला ठुला लाईभ कन्सर्ट आफ्टर पार्टीहरु गरिसकेको छ ।

गत सालको चलचित्र जारीको अपार सफल्ता पछि वरियर्सको नेपाली सिने जगतको लगानी भने यो दोस्रो हो । उक्त जारी चलचित्रले नेपालमा १०० दिन पार गरेको थियो भने बेलायतमा माग बडे पछि एउटै हलमा ३ पठक सम्म सो गर्नको बाघ्य भएको अर्का संयोजक अल्बिन सेन्दाङ्ले प्रस्ट्याए ।

अभिनेत्री मिरुना द्वारा अभिनित पहिलो चलचित्र जारी भएपनि बिभिन्न कारणले हलमा आउन ढिलो भएको थियो । सिने जगतमा पहिले देखिनै कथा लेख्दै आएपनि पहिलो निर्देशित चलचित्र जारी दर्शकले अत्याधिक रुचाएर ब्लकबुस्टर भएपछि यस चलचित्रलाई जारीमा भएका कमी कम्जोरिलाई आत्मासाथ गरेर अझै राम्रो कथावस्तु रचेर तयार पारेको र दर्शकलाई निराशा नपार्ने विश्वास लिएको कुरा टेलिफोन वार्तामा निर्देशक उपेन्द्र सुब्बाले व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT