Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKलण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन


लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा २२ मिनेटमा पुरा गरेका हुन् । ५९ हजार ७०५ जनाले सफलतापूर्वक पूरा गरेको उक्त म्याराथनमा उनले २३ औँ स्थान हासिल गरे ।

त्यस्तै, बेलायतवासी नेपाली सन्देश राईले २ घण्टा ३३ मिनेट, प्रकाश गुरुङले २ घण्टा ३९ मिनेट, सन्तोष राईले २ घण्टा ४७ मिनेट, चन्दन गुरुङले २ घण्टा ५४ मिनेट, मन्दा गुरुङले ३ घण्टा ५ मिनेटमा पूरा गरे ।

धावक कुशल दीक्षितले ३ घण्टा ८ मिनेट, तिलविक्रम सम्बाहाम्फेले ३ घण्टा १४ मिनेट, राजेन्द्र गुरुङले ३ घण्टा ३२ मिनेट, धन क्षेत्रीले ३ घण्टा ३५ मिनेट, गौरव गुरुङले ३ घण्टा ३९ मिनेट, पारस गुरुङले ३ घण्टा ४० मिनेटमा पार गरेका छन् ।

दौडमा हरि गुरुङ, पाण्डव महतो, बलदेव कुँवर, आत्माराम दाहाल, मनीषा लिम्बू, दशरथ बस्याल, अमृत श्रेष्ठ, शम्भु कार्की, जगन कार्की, तमु धीं युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङलगायत १५० भन्दा बढी नेपाली धावक सहभागी भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT