Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKपासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने


लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ ।

नेपाली नयाँ वर्ष २०८१ वैशाख १ गते प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा बिस्का जात्रा मनाउन लागिएको हो । जात्राको तयारी सकिन लागेको आयोजकले जनाएको छ ।

जात्रामा बेलायतमै पहिलोपटक लाइभ ढाः बाजामा भैरव नृत्य गराइने तयारी छ भने पशुपतिनाथ मन्दिर प्लमस्टिडको टीमबाट भजनकिर्तन पनि हुनेछ ।

त्यस्तै, नेपाली तथा नेवारी खानाका स्टलहरुका साथै नेवा कला, संस्कृति झल्काउने आर्ट एण्ड कल्चरल हेरिटेज फोटो प्रदर्शनी गरिने योजना छ । आयोजकले शुरुमा अपेक्षा गरेभन्दा पनि झन बढी सहभागी हुने लक्षण देखिएपछि सोहीअनुसार व्यवस्थापन र तयारी झन् व्यापक बनाइएको छ ।

लण्डन बिस्का जात्रामा आयोजक पासा पुचः गुथि यूकेले बेलायतवासी सबै नेपालीहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको छ । गुथिका पदाधिकारीहरुले आयोजक नेवा समुदाय रहे पनि जात्रा सबैको साझा रहेको भन्दै सहभागी हुन बेलायतस्थित सिंगो नेपाली समुदायलाई अपिल गरेका छन् ।

जात्रा हेर्न इच्छुकहरुका लागि वयस्कलाई ५ पाउन्ड र ६ वर्ष मुनिकालाई निःशुल्क रहेको आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT