लण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) युकेको १४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
संयोजकमा समीरनाथ प्याकुर्याल, सचिवमा दामोदर आचार्य तथा कोषाध्यक्षमा खेमराज जोशी चयन भएका छन् ।
यस्तै, ट्रस्टीहरूमा राजेन्द्र ओझा, रबिन्द्र अधिकारी, लेखनाथ घिमिरे, सुमन प्रधान, चुरामणि रेग्मी, तेजमाया रेग्मी सिग्देल, ऋषि खनाल, प्रकाश न्यौपाने, श्याम कोइराला, डा. प्रसन्ना नेपाल, प्रभु न्यौपाने, बसन्त नेपाल, रामसुन्दर शाह, किरण अधिकारी, भानबहादुर चन्द, प्रसुन राना, सुमन गुरुङ, दशरथ बस्याल, कुल प्रसाद सिग्देल, सिर्जना कोइराला र पार्वतीदेवी न्यौपाने छन् ।