Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKलाहुरेमा कमाएको पैसाले गाउँमा करिब डेढ करोडको विद्यालय भवन निर्माण

लाहुरेमा कमाएको पैसाले गाउँमा करिब डेढ करोडको विद्यालय भवन निर्माण


लण्डन । लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरेका छन् ।

पौवादुङ्मा गाउँपालिका-२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरेका हुन् । विद्यालयको नयाँ ६ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् ।

पूर्वब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए ।

राईले भने, ‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ ।’

सत्तरी वर्षका राईले विद्यालय भवनमात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन् । गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मेहुर्केको ठाउँमा कृष्णबहादुरले गरेको काम प्रशंसनीय भएको बताए ।

अध्यक्ष राईले भने, ‘गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गरेका छन् ।’

नवनिर्मित ६ कोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थीसमेत दंग छन् । बसाइसराइ, जन्मान्तरलगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए। नवनिर्मित भवनको पञ्चकन्यासहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले सोमबार नै उद्घाटन गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

Techie IT