गृहपृष्ठ ∕
UK ∕
जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित
लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए। उनै रानाभाटले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन्।
निर्वाचित रानाभाटले बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा उपमेयरको शपथ लिँदै औपचारिक पदभार समेत ग्रहण गरेका छन्। बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए।
रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस)का अध्यक्ष समेत रहेका रानाभाटले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एशोसिएसन यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर लगायतका अन्य थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।उनले एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित