गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोराअष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा नेपालीपत्र मंगलबार, २०८० भदौ २६ गते, ११:५१ मा प्रकाशित Australia | UK काठमाडौँ। निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बुधबारमात्रै हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङको सचिवालयले जनाएको छ । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौँमै छन्।एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार बिहानदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। #नेकपा (एमाले) #सुवासचन्द्र नेम्वाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौनधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal