Techie IT
२०८२ वैशाख २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल


काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी सङ्घको सदस्यहरुमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित भए ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसै अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

पाँच दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै भएपनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण बिस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउँदै उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि बिस्तार गरिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताए । धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौं नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

टे«किङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बताए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताए ।

सङ्घका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोट लगायत स्थल क्षेत्रमा धार्मिक एवं सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गरिने बताए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । त्यस अवसरमा पर्यटन व्यवसायी रामशरण नेपाल, पर्यटन यातायात व्यवसायी सम्मान केदारनाथ कट्टेल, पर्यटन व्यसायी सम्मान विकास थापा, चिया व्यवसायी रामेश्वर महर्जन, पर्यटन तथा पथप्रदर्शक राजकाजी महर्जन र होटल व्यवसायी चिरञ्जीवी भट्ट उत्कृष्ट सेवा प्रदान गरिए उल्लेख गर्दै सम्मानित गरिएको थियो ।
रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

Techie IT