Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थटानको अध्यक्षमा सागर पाण्डे विजयी

टानको अध्यक्षमा सागर पाण्डे विजयी


काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् ।

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाए । बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् ।

प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए ।

सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । यसैगरी महिला सदस्यमा पवित्रा तामाङ तथा खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

Techie IT