Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटन१ वर्षमा २ लाख ४५ हजार जनाभन्दा धेरै विदेशी पर्यटकले भक्तपुर भ्रमण गरे

१ वर्षमा २ लाख ४५ हजार जनाभन्दा धेरै विदेशी पर्यटकले भक्तपुर भ्रमण गरे


भक्तपुर । भक्तपुर घुम्न पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार पाँच सय ९३ जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । गएको आर्थिक वर्षमा नगरपालिकाले पर्यटन शुल्कबाट २७ करोड ४५ लाख रुपैयाँभन्दा धेरै सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक भारतबाट ८७ हजार सात सय ९८ जना आएका छन् । यस्तै चीनबाट ४० हजार चार सय एक, अमेरिकाबाट १३ हजार दुई सय ३०, जर्मनीबाट ११ हजार सात सय पाँच, फ्रान्सबाट १० हजार तीन सय २२, इटालीबाट सात हजार नौ सय ४६, स्पेनबाट ६ हजार ६ सय ८१, जापानबाट ६ हजार एक सय ७०, इङ्गल्यान्डबाट ६ हजार ६६ जना पर्यटक आएका छन् ।

नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रूपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिक रुपमा शुरुआत गरिएको छ

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका

Techie IT