Techie IT
२०८१ मंसीर ३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी


काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे ।

निर्वाचन अधिकृत उमादेवी प्रसाईंले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए ।

महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएका छन् ।

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार १९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन

उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित

काठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्। शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी

बैंकले घटाए मंसिरका लागि ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने

नेप्सेमा १४ अंकले बृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार

Techie IT