Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठपर्यटन२५ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि

२५ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि


पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरु हुने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ।

फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेबान०ले जानकारी गराएको हो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव हरेक वर्ष आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । साथै महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

यस वर्ष रजत महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

Techie IT