Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाललुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन्ः मुख्यमन्त्री चौधरी

लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन्ः मुख्यमन्त्री चौधरी


नवलपरासी। लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन्। पश्चिम नवलपरासीको सुनवलमा आजदेखि सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने बताए।

त्यस अवसरमा मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताए। विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो।

मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय कला, संस्कृतिको पहिचानलाई प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए। “हामीले सधैँ ठूला उद्योगका मात्र कुरा गर्यौँ तर आफ्नै उत्पादनलाई चिन्न सकिरहेका छैनौँ, अब बजारमा गाउँका उत्पादन आउनुपर्छ, साना–साना लघुउद्यमले मात्र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउन सक्छ, हामीले के सहयोग गर्नुपर्छ हामी तयार छौँ, तीन तहका सरकार र निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्छ”, चौधरीले भने।

पहाडमा उत्पादित सामग्री नाकासम्म ल्याउनका लागि पर्यटकीय स्थलमार्गको विकासमा जोड दिन सकेमात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उनको भनाइ थियो। लुम्बिनी प्रदेश सरकारले वार्षिक दुई लाख युवालाई रोजगारी दिनेगरी सोहीअनुरुपका योजनामा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए।

बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवर्द्धनका लागिसमेत लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग निरन्तर छलफल गरी ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गरे। उनले प्रदेश सरकारले पर्यटन प्रवर्द्धन, उद्योगको विकास र रोजगारी सिर्जनाको उद्देश्य अनुरुप काम गरिरहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT