Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थअन्नपूर्णको फेरोमा बढे पर्यटक

अन्नपूर्णको फेरोमा बढे पर्यटक


गण्डकी । गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा रबिन कडरियाले बताए । “कोभिड–१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ”, उनले भने, “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।”

अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा कडरियाले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको उनले उल्लेख गरे । “आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य छ”, प्रमुख डा कडरियाले भने, “नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरुमा घुम्ने क्रेज बढ्दो छ ।”

उनका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार दुई सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । गत महिना २८ हजार सात सय पाँच विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटक सो क्षेत्रमा पुगेका थिए । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताए ।

अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिकरूपले सुन्दर, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।

“कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ”, उनले भने, “आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।”

मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र ९चैत–वैशाख० मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको पथप्रदर्शक गुरुङले बताए । रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट रहेको दसैँलगत्तै मर्दी आधार शिविर पुगेर फर्कुनुभएकी पोखरा महानगरपालिका–२९ की आरजु खत्रीले उल्लेख गरे ।

“कास्कीको काँडे, अष्ट्रेलियन क्याम्प, देउराली, हाई क्याम्प हुँदै आधार शिविर पुगेर तेस्रो दिनमा घर फर्कियौँ”, उनले भने, “हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।”

सूचना प्रविधि विषयमा अध्ययनरत उहाँले दसैँको बिदा छोपेर साथीसँग पदयात्रामा निस्केको बताए । खत्रीले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाउनुभयो । “मर्दीमा धेरै आन्तरिक पर्यटक नै थिए, विशेषगरी युवाहरु बढी देखिन्थे”, उउनले भने

जोमसोमस्थित ‘एक्याप’को इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले गत साउनदेखि असोजसम्ममा १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेकामासार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका मुलुकका दुई हजार दुई सय ३० पर्यटक रहेको उनले बताए ।

“मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीय नागरिकको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शनका लागि भ्रमणका लागि आउँछन्”, प्रमुख रेग्मीले भने, “दसैँपछि मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

Techie IT