Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनमहिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान

महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ ।

मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पु्याएको योगदानस्वरुप सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताउनुभयो । “आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले पु¥याएको योगदान विश्वसामु पुगेको छ । अपाङ्गता भएकै कारण निराश हुनुभएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने ।

विश्व कीर्तिमान राख्न सफल भएका बुढाले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पुर्ण अपाङ्गता भएका व्यक्तिलाई हो भने । “मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पुर्ण अपाङ्ग व्यक्तिलाई गरेको महसुुस भएको छ । हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास सबै अपाङ्गता भएका व्यक्तिमाझ पुगेको छ”, बुढामगरले भने । अपाङ्गता भएका व्यक्तिको सहजताका लागि अपाङ्गतामैत्री कार्यलय, सडक, पार्किङ लगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिक रुपमा शुरुआत गरिएको छ

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका

Techie IT