Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधि११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि

११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि


काठमाडाैँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) को आयोजनामा पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदैछ ।

खुमलटारमा रहेको प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुने कार्यक्रममा आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु समेटिने छ । आउँदो २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को आधार र कार्यान्वयनमा केन्द्रित हुनेछ ।

आयोजकका अनुसार विश्वभरका वैज्ञानिक, प्राध्यापक र विशेषज्ञहरूले सहभागीहरूलाई एआईसम्बन्धी बृहत जानकारी प्रदान गर्नेछन् । यसअन्तर्गत लेक्चर क्लासदेखि ल्याब र प्रोजेक्ट वर्कसम्मका कक्षा हुने छ ।

कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पीएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका पाँच सय ५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएको आयोकले जनाएको छ ।

विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्यका साथ वर्षेनि यस्तो कार्यक्रम गरेको नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे

एक महिनाभित्र एआई नीति ल्याइने

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको

डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालका

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा

देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी

काठमाडाैँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ

IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने

काठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE

Techie IT