Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिनेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफर

नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफर


काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने जनाएको छ ।

टेलिकमले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल अफर ल्याएको छ । त्यस्तै, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा अफर ल्याएको छ ।

साथै, २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध गराएको जानकारी दिएको छ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि

काठमाडाैँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) को आयोजनामा पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदैछ

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे

एक महिनाभित्र एआई नीति ल्याइने

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको

Techie IT