गृहपृष्ठ ∕
अर्थ ∕
तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन
काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब तिङ्कर क्षेत्रका नागरिकले सहजै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्।
चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको तिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट हेलिकप्टरमा तिङ्कर पुर्याएको थियो। अब सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा पर्यटकसमेत सञ्चारको सहज पहुँचमा पुगेका छन्।
तिङ्करमा अहिलेसम्म विकासका कुनै पूर्वाधार बनेका छैनन्। तीन हजार सात सय मिटर उचाइमा रहेको तिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट ८० किलोमिटर दूरीमा छ। तिङ्करबाट आठ किलोमिटर हिँडेपछि चीनको सिमानाको १ नम्बर पिलर पुग्न सकिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय
काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि
बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।
भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै
सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति