काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ।
नयाँ आउलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहक लाई अझै गुणस्तर सेवा प्रधान गर्ने उदेश्य राखेको क्लासिक टेकले जनाएको छ। यी विस्तारसँगै देशभर आउटलेट संख्या १०४ पुगेको कम्पनीले बताएको छ।
ग्राहकहरूले अफिस भिजिट नै नगरी क्लासिक टेक एपमार्फत फोन बाटनै इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरु सुविधाहरु लिन सक्नेछन्। झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको कम्पनीको भनाइ छ।