News | Tag: वामदेव गौतम

आज पनि वामदेवविरुद्ध परेको रिटको सुनुवाइ नहुने

1 month ago

काठमाडौँ । राष्ट्रियसभामा मनोनीत भएका सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाई आज नहुने भएको छ । केही न्यायाधीशहरु कोरोनाभाइरस संक्रमित भएको कारण सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज नहुने भएको छ ।

आज पनि वामदेवविरुद्धको रिट हेर्दाहेर्दैमा राखियो

1 month ago

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको रिट आज पनि ‘हेर्दाहर्दै’ मा राखेको छ । समय अभावको कारण प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

वामदेवविरुद्ध परेको रिटको बहस शुक्रबार

1 month ago

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा राखेको हो ।

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

1 month ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको आदेश

2 months ago

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन बुधबार सो आदेश जारी गरेको हो ।

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाइएकोमा साझा पार्टीको गम्भीर आपत्ति

2 months ago

काठमाडौँ । साझाले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु नेपालको लोकतन्त्रको घातक विडम्बना भएको पार्टीले ठहर गरेको छ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

2 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।

वामदेव गौतमको खेमा परिवर्तन, ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नहटाउन प्रस्ताव

3 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नहटाउन प्रस्ताव गरेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको ६ बुँदे प्रस्तावको पहिलो बुँदामा उक्त कुरा उल्लेख छ ।

वामदेव फेरि प्रचण्ड–नेपाल समूहमा !

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओलीलाई बुधबार बालुवाटारमा भेट गर्न जानुअघि वामदेवले प्रचण्डलाई खुमलटारमा भेट गरेका हुन् । गत बैशाख १७ गतेको सचिवालय बैठकसम्म प्रचण्ड र नेपाल समूहमा रहेका गौतम एकाएक केपीशर्मा ओलीको समूहमा पुगेपछि उनी फेरि प्रचण्ड–नेपाल समुहमै फर्कने प्रयासमा लागेको बताइएको छ ।

वामदेव गौतमको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

7 months ago

प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् । जिल्लाका नौ वटै स्थानीय तहलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको हो ।

Page 1 of 2

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।