News | Tag: प्रचण्ड

पत्रकारहरूसँग बाेल्न अस्वीकार गर्दै प्रचण्डले साँधे अर्थपूर्ण माैनता

1 year ago

विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग बोल्न अस्वीकार गरेका छन् । शुक्रबार दिउँसो १२ः३० बजेको उडानबाट विराटनगर पुगेका प्रचण्डले बोल्ने मुड नभएको भन्दै पत्रकारहरूसँग बोल्न अस्वीकार गरेका हुन् ।

प्रचण्ड भन्छन् : सहमति कार्यान्वयन हुन्छ, हल्लाकाे पछाडि नलागाैँ

1 year ago

पाँचथर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा र ओली आफूबीचको समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि मंगलबार पाँचथर पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नरहेको बताए ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्ड भन्छन् : मलाई याे प्रश्न नसोधिए हुन्थ्यो जस्तो लाग्छ

1 year ago

धनगढी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री र आफूबीच केही कुराकानी नभएको बताएका छन् । धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताए । यो विषयमा आफूलाई प्रश्न नसोधिए हुन्थ्यो जस्तो लाग्ने समेत उनले बताए ।

तत्काल मन्त्रीमण्डल हेरफेर नहुने प्रचण्डको भनाई

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रीमण्डल हेरफेर नहुने बताएका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो कुरा बताएका हुन् । सम्मेलनमा बोल्दै उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको उनको भनाई थियो । यसबारेमा उनले भने ‘मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ ।’

प्रतिगामीहरूले चितवनलाई अराजकताकाे केन्द्र बनाउन खाेजे : प्रचण्ड

1 year ago

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई प्रतिगामीहरूले अराजकताको केन्द्र बनाउन खोजेको भन्दै चिन्ता प्रकट गरेका छन् । नेकपा चितवनले बिहीबार आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय चितवनमा विभिन्न किसिमका घटना र त्यसैमा आधारित भएर अराजकता मच्चिरहेकोमा चिन्ता प्रकट गरेका हुन् ।

आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : ‘प्रचण्ड’

1 year ago

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।

समाजवादतर्फ अघि बढ्न हाैसला मिलेकाे छ : प्रचण्ड

1 year ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपाललाई समाजवादतर्फको यात्रा अघि बढ्न हौसला मिलेको बताएका छन् । नेकपाद्वारा काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल विकास र समृद्धिको नयाँ युगमा प्रवेश गर्न लागेको बताए ।

कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा प्रचण्डको जोड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

अबको ५० वर्ष कम्युनिष्ट सरकारले नेतृत्व गर्छ : अध्यक्ष प्रचण्ड

1 year ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए । उनले भने, “आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।”

प्रचण्डलाई कार्यकारी बनाउन ओलीमाथि दबाब

1 year ago

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ ।

Page 24 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।