News | Tag: प्रचण्ड

प्रचण्डकाे चीन भ्रमण स्थगित

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भनेको चीन भ्रमण स्थगित भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेको बताइएको छ ।

आममाफी दिने कानुन बन्दैन : प्रचण्ड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो-प्रचण्ड

1 year ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो भएको बताएका छन् ।

कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि यस्तो छ प्रचण्डको ६ महिने कार्ययोजना

1 year ago

नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि पहिलो सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । प्रचण्डले यसै साता आफ्नो अध्यक्षतामा पहिलो बैठक बसाल्ने तयारी थालेको उनी निकट एक नेताले बताए ।

मन्त्रिपरिषद पुनर्गठनः नेकपा अध्यक्षद्वयले राष्ट्रपतिलाई भेटे

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षहरु केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । ओली र प्रचण्डले बालुवाटारमा छलफल गरेपछि उनीहरु बुधबार बिहान शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् । ओली केही दिनदेखि मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले मंगलबार नै मन्त्रीहरुलाई उपत्यका नछोड्न तथा सार्वजनिक कार्यक्रमहरुमा पनि भाग नलिन आह्वान गरेका थिए ।

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ : प्रचण्ड

1 year ago

परासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।”

मन्त्रिमण्डल फेरबदलकाे विषयमा प्रचण्डकाे निजी सचिवालयले गर्‍याे खण्डन

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले मन्त्रिमण्डल फेरबदलको विषयमा उनलाई जोडेर प्रसारित समाचारहरूको खण्डन गरेको छ । मन्त्रिमण्डल फेरबदलको लागि नेकपाको सचिवालय बैठकले सैद्धान्तिक सहमति दिएको भोलिपल्ट सोमबार प्रचण्ड निवास खुमलटारमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालदेखि अन्य केही नेता र मन्त्रीहरू छलफलका लागि पुगेका थिए ।

महरा प्रकरणको बारेमा प्रचण्डले यसो भने

1 year ago

दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङ पुगेर निवर्तमान सभामुख कृष्णबहादुर महराको बारेमा बोलेका छन् । बुधबार बिहान घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले महराले नैतिक रुपमा गल्ती गरेको बताए । महराले नैतिक रुपमा गल्ती गरेको कारणले उनी कानुनीरुपमा उचित कारवाहीको भागिदार हुनुपर्ने प्रचण्डको भनाई थियो । यसबारेमा उनल भने ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’

प्रदेश नं ५ को केन्द्र दाङ बन्ने प्रचण्डको भनाई

1 year ago

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे । प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे ।

सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

1 year ago

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।”

Page 23 of 27

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।