News | Tag: पाल्पा

पाल्पाको फोक्सिङकोटमा पहिरोमा परी ५ जना बेपत्ता

2 months ago

पाल्पा । पाल्पाको फोक्सिङकोटमा पहिरोले २ घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा बिहीबार बिहान गएको पहिरोमा परी ५ जना बेपत्ता भएका हुन् । बेलौजास्थित स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको हो ।

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

2 months ago

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

पाल्पामा पहिरोले पुरेर एकको मृत्यु

3 months ago

पाल्पा । पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु¥याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए ।

प्रयोगशाला निर्माणका लागि पाल्पामा जग्गा खोजी

4 months ago

तानसेन । पाल्पामा कोभिड–१९ को पिसिआर नमूना परीक्षणका लागि सरकारले अनुमति दिएसँगै यन्त्र राख्ने विषयमा आइतबार छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाल्पा अस्पतालमा रहने स्वीकृति दिए पनि पर्याप्त जग्गा नहुँदा अस्पताल परिसरमा राख्ने कि अन्यन्त्र राख्ने भन्ने विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाल्पामा थप ९३ जनामा कोरोना पुष्टि

4 months ago

बुटवल । पाल्पामा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले बिहीबार विहान सूचना निकालेर जानकारी दिएको हो । भरतपुर प्रयोगशालामा एउटै जिल्लाको एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।

पाल्पाको माडीफाँट वर्षाका कारण डुबानमा

5 months ago

पाल्पा । पाल्पाको अन्नभण्डारको रुपमा परिचित माडीफाँट वर्षाका कारण डुबानमा परेको छ । डुवानका कारण धानबाली नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् ।

पाल्पाको पहिरोमा मृत्यु भएका तीनै जनाको सनाखत

5 months ago

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ । सोमबार गएको पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेका छन् । तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा चार सवारी साधन बगाएको थियो ।

पर्यटक भित्र्याउन जुर्मुराए पाल्पाली

5 months ago

तानसेन । पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकासनिर्माणका कामलाई जोड दिँदै आआफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।

पाल्पामा खरको छानामुक्त अभियान सुरु

6 months ago

पाल्पा । विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो ।

पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने

8 months ago

पाल्पा । पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पु¥याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

Page 1 of 3

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।