News | Tag: पर्यटक

रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

1 month ago

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

8 months ago

एजेन्सी । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता, चार चिनियाँ पर्यटक सम्पर्कमा

1 year ago

कास्की । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

‘बुद्धिस्ट पर्यटकको मुख्य गन्तव्य लुम्बिनी नै हो’

1 year ago

नेपाल भ्रमण आएका एक हुल पर्यटकलाई ट्राभल्स व्यवसायीको संस्था सोट्टो नेपालले सीमामा स्वागत गर्दा उनीहरु दङ्ग परे । पाल्पाली ढाका टोपी लगाएर स्वागत गर्दा उनीहरुमा खुशीको सीमा थिएन । एकाएक सबैले ‘वेलकम इन नेपाल’ भनेर हातहातमा फूलका थुँगा दिँदा भारत हुँदै नेपाल प्रवेश गरेका पर्यटकहरु खुशीले गद्गद् भए । “सत्र जना थाई पर्यटकहरु र पाँच जना भारतीय पर्यटकहरुलाई हामीले सीमामा स्वागत गर्यौं । थाईहरु लुम्बिनी र भारतीयहरु पाल्पा घुम्न आउनुभएको रहेछ”, सोट्टो नेपाल प्रदेश समितिक वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताले बताए ।

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

1 year ago

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ ।

प्रदेश नं २ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी

1 year ago

लहान । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको हो ।

लेक लागेर भारतीय पर्यटकको मृत्यु

1 year ago

सोलुखुम्बु । मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् ।

पर्यटक लोभ्याउने आकृति

1 year ago

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

चाँगुनारायण र मण्डन देउपुर नगरपालिकाद्वारा संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन

1 year ago

भक्तपुर । पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए । विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क उठाउन छाडेको थियो भने मण्डन देउपुरले एकलौटीरूपमा शुल्क उठाएको थियो ।

राइनासकोट पुगेका पर्यटकलाई स्वागत गर्दै वृद्धा

1 year ago

तनहुँ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोट सामुदायिक घरबास पुगेका आन्तरिक पर्यटकलाई टीका लगाएर स्वागत गर्दै वृद्धा ।

Page 1 of 2

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।