News | Tag: नेकपा

विप्लवका दाईसहित २१ जनालाई पाँच दिन हिरासतमा राख्न म्याद थप

1 year ago

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहित २१ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न पाँच दिन म्याद थप गरिएको छ । राप्ती ब्युरोको बैठक भइरहेको ठाउँबाट गत बिहीबार राति गिरफ्तारीमा परेका सबै नेतालाई जिल्ला अदालत घोराहीले अनुसन्धानका लागि म्याद थप गरेको हो । पक्राउ परेका सबैलाई हातहतियार खरखजना तथा विस्पोटक पदार्थ सम्बन्धि मुद्दा लगाइएको छ ।

सरकारलाई विप्लवको कडा चेतावनी, पक्राउ परेका नेताहरू रिहा नगरिए प्रतिरोध

1 year ago

काठमाडौँ । प्रतिबन्ध्ति नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट प्रहरीले आफ्ना २१ नेता पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्ना दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रातको दुई बजे गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका हुन् ।

आज भृकुटीमण्डपमा नेकपाको चियापान

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । विभिन्न चाडपर्वका अवसरमा राजधानीको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म उक्त कार्यक्रमको आयोजना गरेको हो । नेकपाका अनुसार आजको चियापान कार्यक्रममा १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण र त्यसपछि ५ बजेसम्म उच्चपदस्थ अधिकारीलाई चियापानको निम्तो दिइएको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले यसो भने

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरे ।

महराले राजीनामा दिएपछि सभामुखको लागि यस्तो छ नेकपाको अभ्यास

1 year ago

काठमाडौँ । नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’

नेता रिजालमाथि काङ्ग्रेस भनेजस्तो नभएको नेकपाको आरोप

1 year ago

दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ । पार्टी कार्यालयमा सोबार पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काङ्ग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

पार्टीबाट निष्काशितहरूले चन्दा उठाए : प्रतिबन्धित नेकपा

1 year ago

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भरतपुर महानगर कमिटीले पार्टीको नाममा उठाइएको चन्दाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कमिटीका इन्चार्ज विजय शर्मा र देवकुमार सेक्रेटरीले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीबाट निस्कासित व्यक्तिले भरतपुरमा चन्दा आतंक मच्चाएको बताउँदै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो

1 year ago

काठमाडौं । छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।

नेकपा नेताको मध्यस्थतामा आर्थिकरुपमा पीडितलाई न्याय

1 year ago

जीतपुर । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् । रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए ।

कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा प्रचण्डको जोड

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

Page 54 of 64

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।