News | Tag: नेकपा

नेकपा महाधिवेशन मङ्सिरमा !

7 months ago

नेकपाको जारी स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्पन्न विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ३ गतेको सचिवालय बैठकमा उक्त प्रस्ताव गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताले सहमति जनाउनुभएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

पार्टीको विवादलाई सुरक्षित अवतरण गर्ने पक्षमा प्रचण्ड

7 months ago

छलफलमा सहभागी अधिकांश नेताहरुले अर्का अध्यक्ष केपीशर्मा ओलीसँग मिल्न ठिक हुने बताएका थिए भने केहीले भने वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न ठिक हुने सुझाव दिएका थिए । तर, अधिकांश नेताले भने बैठकबाटै निकास निकाल्नुपर्ने र यसको लागि लचिलो बन्न सकिने सुझाव दिएका थिए ।

प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यसँग छलफल गरे

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन्। सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी पक्षधर स्थायी समिति सदस्यहरूबीच छलफल भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने उपस्थित थिएनन् ।

बालुवाटारमा ओली र प्रचण्डबीच भेट

7 months ago

शनिबार दुई अध्यक्षबीचको भेटमा मंसिरमा ‘अर्ली’ महाधिवेशन गर्ने सहमति भएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको चोचोमोचो नमान्ने बताएपछि प्रचण्ड उक्त कदमबाट पछि हटेको बताइएको छ । आइतबार खुमलटारमा आफ्ना निकटका नेताहरुसँग ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए।

झण्डै १ महिनापछि नेकपा सचिवालय बैठक बस्दै

7 months ago

काठमाडौँ । झण्डै एक महिनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बस्न लागेको हो । शुक्रबार बस्न लागेको जारी स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर आज (शनिबार) दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।

शनिबार नेकपाको सचिवालय बैठक बस्दै

7 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । शुक्रबार बस्न लागेको जारी स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा बैठक ३ बजे सम्मको लागि स्थगित

7 months ago

काठमाडौं । अहिले ११ बजेबाट बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित भएको छ । पार्टीका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेको कारणले गर्दा बैठकको समय केही बेर पर धकेलिएको हो । बैठकको लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।

आज नेकपा बैठक बस्दै, कसरी प्रस्तुत होलान् ओली र प्रचण्ड समूह ?

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्ने भएको छ । असार १० गतेबाट सुरु बैठक १८ गतेसम्म चले पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादको कारण सहमति खोज्नको लागि स्थागित भएको थियो । यसबीचमा अध्यक्षद्वय तथा शीर्ष नेताहरुले विवाद समाधानको लागि प्रयास गरे पनि कुनै उपलब्धि भएन ।

क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छः नेकपा प्रवक्ता

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । यस्तो प्रवृत्तिले नयाँ युवा पुस्तामाझ गलत सन्देश जाने भन्दै देशभक्त र विवेकी बन्न आग्रह गरेका छन् ।

ओली र प्रचण्डबीचको छलफल सकियो

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । ६ दिनपछि मंगलबार दुई अध्यक्षबीच सहमतिको लागि बालुवाटारमा छलफल भएको हो । ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । उनीहरुबीच एक्लाएक्लै भेटर्वार्ता भएको हो।

Page 40 of 62

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।