News | Tag: नेकपा
नेकपा सचिवालय बैठक स्थगित
7 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ । यसअघि अमेरिकी विकास सहयोग परियोजना (एमसिसी)बारे छलफल हुने तयारी भए पनि बैठक स्थगित भएको हो । अपराह्न ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित भएको हो ।
विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल
7 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय गाडीमा भन्सार लगाइएको भन्दै विरोध गरेकी छिन् । आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदम भएको बताएकी हुन् । उनले बिजुलीबाट चल्ने गाडीलाई जोड दिनुपर्नेमा उल्टो भन्सार बढाइएको भन्दै विरोध गरेकी हुन् ।
सोमबार नेकपाको सचिवालय बैठक बस्ने
7 months agoकाठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको लागि बैठक डाकिएको हो । बैठकमा एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसी सल्लाहमा बैठक बोलाउने सहमति भएअनुसार सोमबारका लागि बैठक बोलाइएको हो ।
भारतलाई वार्तामा आउन नेकपा प्रवक्ता श्रेष्ठको आह्वान
7 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतलाई वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले कूटनीतिक संवादका लागि भारत छिटो वार्ताको लागि आउनुपर्ने बताएका हुन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले विगतमा भारतसँग भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताएका छन् ।
गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु आवश्यक भएको प्रचण्डको भनाई
7 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ल्याउन लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले गणतन्त्र ल्याउन लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।
एक वर्षसम्म बैठक भत्ता नलिने नेकपा प्रवक्ता श्रेष्ठको घोषणा
7 months agoकाठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले कोरोना भाइरसको कारण देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।
सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार छुः सांसद श्रेष्ठ
8 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले आफूमाथि लाग्दै आएको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै कसैले प्रमाणित गरे मर्न तयार रहेको बताएका हुन् ।
नेकपा सचिवालय बैठकमा नीति तथा कार्यक्रमबारे छलफल
8 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आज संसदमा राट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कोरोना सङ्कटले नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको प्रचण्डको भनाई
8 months agoकाठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत आज उद्घाटन गर्दै उनले भने,
नेकपा प्रवक्ता श्रेष्ठद्वारा सुरक्षाकर्मी फिर्ता लैजान आग्रह, सशस्त्रको पछुवा गाडी पनि प्रयोग नगर्ने
8 months agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् । पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो ।
Page 37 of 55
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।