News | Tag: नेकपा

नेकपा स्थायी कमिटी बैठक बस्दै

6 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज फेरि बस्दै छ । बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सात बुँदे एजेन्डाको बारेमा छलफल हुनेछ । पछिल्लो समय नेकपाभित्रको अन्तरिक विवाद समाधानमा बैठक केन्द्रीत हुने नेताहरुले जनाएका छन् ।

नेकपा स्थायी कमिटी बैठक १२ गतेसम्मका लागि स्थगित

7 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए । त्यस्तै, बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।

नेकपा स्थायी कमिटी बैठक सुरू

7 months ago

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरू भएको हो । लामो समयपछि बस्दै गरेको बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राख्दैछन् ।

अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग

7 months ago

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे ।

नेकपाले स्थायी कमिटी बैठक बोलायो

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको मिति तय भएको छ । पार्टीले अमेरिकी समयोग परियोजना (एमसीसी) लगायका विषयमा छलफल गर्नको लागि असार १० गते बैठक बोलाएको हो । बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो।

भारत र चीनले वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने देव गुरुङको भनाई

7 months ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले भारत र चीनबीचको समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता गुरुङले उक्त कुरा बताएका हुन् । बैठकमा बोल्दै नेता गुरुङले हिमालय रेञ्जमा द्वन्द्व हुने हो भन्ने चिन्ता पनि बढेको बताए ।

नेकपाले माग्यो संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदसँग स्पष्टीकरण

7 months ago

काठमाडौं । संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको संविधान दोस्रो संशोधन विधेयक माथिको जेठ ३१ गते मतदान भएको थियो । मतदानमा नेकपाका चार जना सांसद अनुपस्थिति थिए ।

शनिबारको ऐतिहासिक प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने सांसदलाई नेकपाले सोध्यो स्पष्टिकरण

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गत शनिबारको ऐतिहासिक प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने सांसदलाई स्पष्टिकरण सोधेको छ । शनिबारको बैठकमा नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। उक्त बैठकमा उपस्थित नभएका सांसदलाई उपस्थित नहुनुको कारणबारे स्पष्टिकरण सोधिएको नेकपा प्रमुख सचेतक देव गुरूङले जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित भएनः बेदुराम भुसाल

7 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै भुसालले उक्त कुरा बताएका हुन् । सदस्य भुसालले देश निर्माणमा योगदान पुर्याउने नेताहरुलाई अपमान गरेको बताएका छन् ।

आज नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

7 months ago

काठमाडौँ । सत्तारुढल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दै छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

Page 36 of 55

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।