News | Tag: नेकपा
'दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन सकेन'
6 months agoकाठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।
थप छलफल गर्ने भन्दै नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित
6 months agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ ।
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल हुँदै
6 months agoकाठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ । एकता प्रकृया पूरा नहुँदै पार्टी फुटको संघारमा पुगेपछि जारी स्थायी कमिटी बैठक पनि स्थगित गरेर अध्यक्षद्वय छलफलमा जुटेका हुन् । यसअघि गरिएका छलफलका प्रयासहरु विफल भए पनि सहमती खोज्ने प्रयास भइरहेका छन् । सोही शिलशिलामा प्रचण्ड बालुवाटार पुगेका हुन् ।
प्रचण्ड–नेपाल पक्षका नेताहरु राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे
6 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको पक्षमा रहेका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजीसहितका नेताहरु राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
नेकपाको एकतामा सङ्कट पर्दा युवा नेता के गर्दैछन् ?
6 months agoकाठमाडौँ । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् । उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक विभिन्न भेला, बैठक र धर्ना जस्ता कार्यक्रम गर्न थालेका छन् ।
पार्टीभित्र देखिएको समस्या हल गर्ने जिम्मा ओली र प्रचण्डको होः नेता पौडेल
6 months agoकाठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताएका छन् । एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि नयाँ आधारमा नयाँ एकता हुनुपर्ने बताए ।
खुमलटारमा नेकपाका ६ सचिवालय सदस्यबीच छलफल
6 months agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा ६ सचिवालय सदस्यको भेला भएको छ । जारी स्थायी कमिटी बैठकमा आगामी रणनीति कस्तो हुने भन्नेबारेमा शनिबार दिउँसो ती सदस्यहरुबीच छलफल भएको हो । छलफलमा प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।
खुमलटारमा ओली समूहका नेतासँग प्रचण्डको छलफल
6 months agoकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग छलफल गरिरहेका छन् । बुधबार साँझ आफ्नो पक्षमा रहेका ३१ स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेको प्रचण्डले अहिले निवास खुमलटारमा ओली समूहका नेताहरुसँग छलफल गरेका हुन् ।
आजको नेकपा बैठकमा पनि प्रधानमन्त्री ओलीको आलोचना
6 months agoकाठमाडौँ । आज बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बैठकमा ५ जना नेताहरुले धारणा राख्दै प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका हुन् ।
५ नेताले बोलेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित
6 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
Page 34 of 55
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।