News | Tag: नेकपा

शनिबार नेकपाको सचिवालय बैठक बस्दै

6 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । शुक्रबार बस्न लागेको जारी स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा बैठक ३ बजे सम्मको लागि स्थगित

6 months ago

काठमाडौं । अहिले ११ बजेबाट बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित भएको छ । पार्टीका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेको कारणले गर्दा बैठकको समय केही बेर पर धकेलिएको हो । बैठकको लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।

आज नेकपा बैठक बस्दै, कसरी प्रस्तुत होलान् ओली र प्रचण्ड समूह ?

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्ने भएको छ । असार १० गतेबाट सुरु बैठक १८ गतेसम्म चले पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादको कारण सहमति खोज्नको लागि स्थागित भएको थियो । यसबीचमा अध्यक्षद्वय तथा शीर्ष नेताहरुले विवाद समाधानको लागि प्रयास गरे पनि कुनै उपलब्धि भएन ।

क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छः नेकपा प्रवक्ता

6 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थको लागि बिना तथ्य प्रचार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । यस्तो प्रवृत्तिले नयाँ युवा पुस्तामाझ गलत सन्देश जाने भन्दै देशभक्त र विवेकी बन्न आग्रह गरेका छन् ।

ओली र प्रचण्डबीचको छलफल सकियो

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । ६ दिनपछि मंगलबार दुई अध्यक्षबीच सहमतिको लागि बालुवाटारमा छलफल भएको हो । ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । उनीहरुबीच एक्लाएक्लै भेटर्वार्ता भएको हो।

नेकपाका नेतृत्व तहका नेतालाई सुझाव

6 months ago

सुदुरपश्चिम । स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले नेतृत्वलाई आग्रह गरेका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधानमा दुवै अध्यक्षले आवश्यक छलफल गरेर समाधान निकाल्नुपर्ने नेकपाका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले बताएका छन् ।

नेकपा स्थायी कमिटीको बैठक ७ दिनसम्मका लागि स्थगित

6 months ago

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप ७ दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।

नेकपा स्थायी कमिटी बैठकको मिति फेरि सर्‍यो

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको मिति फेरि सरेको छ । असार १० गतेबाट शुरु भएको बैठक २६ गतेसम्मको लागि स्थागित भएको हो । यसअघि बुधबार बिहान ११ बजे बैठक बस्ने भनिए पनि पार्टीको विवाद मिलाउनको लागि अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहको कारण बैठकको मिति सरेको हो ।

काल नआउदाँसम्म पदमा रम्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

6 months ago

शासन व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भईसकेको छ । यो सिद्धान्त सबैमा लागु हुन्छ, नेपालको सन्र्दभमा पनि लागु भईसकेको छ । राजनीति आफैमा पूर्ण हुदैन । नीतिको प्रधान राजनीति हो, तर यसको सफल कार्यन्वयनले मात्र राजनीतिको वास्तविक अर्थ पुरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको संघिय गणतन्त्रमा हामी प्रवेश गरिरहदाँ जनता सामु प्रश्न चिन्ह खडा भएको छ त्यो हो, शासन व्यवस्थाले मात्र आम जनताको परिवर्तन गराउन सक्दछ र ?

नेकपा विवादः पूर्व एमाले खेमामा विभाजन, पूर्व माओवादी एक ढिक्का

6 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक तेस्रोपटक स्थागित भएको छ । सोमबार बिहानको लागि बोलाइएको बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । पूर्व एमाले र पूर्व माओवादीबीचको एकता प्रकृया पूरा हुन नपाउँदै पार्टी फुटको संघारमा पुगेपछि अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक छलफल भए पनि कुरा मिल्न सकेको छैन ।

Page 33 of 55

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।