News | Tag: नेकपा

प्रतिबन्धित नेकपाका नेता नरबहादुर कार्की रिहा

1 year ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्की रिहा भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सघाएको आरोपमा प्रहरीले उनलाई एक हप्ताअघि गिरफ्तार गरेको थियो । कार्कीलाई सोमबार साँझ रिहा गरिएको हो । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका कार्कीले नेकपाको अन्तर्राष्ट्रिय क्षेत्र हेर्दै आएका छन् ।

संखुवासभामा भिडन्तकाे सम्भावना, सेनाकाे हेलिकप्टरमा थप सुरक्षा टाेली घटनास्थलतर्फ प्रस्थान

1 year ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएपछि ५० सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका–१, होयङ्मामा गोली हानाहान भएको थियो ।

संखुवासभामा गाेली चल्याे, प्रहरी तितरबितर

1 year ago

संखुवासभा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुसारमा सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका–१, होयङ्मामा गोली हानाहान भएको हो । गोली हानाहान भएको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले गरे भने, ‘सिलिचोङमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ ।

जनताको जनवादमै एकमत

1 year ago

काठमाडौं । सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्य्दिशा बनाउने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन् ।

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

1 year ago

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल पक्राउ परेका हुन् । राई चन्द समूहका जिल्ला सचिव तथा धिमाल कार्यकर्ता हुन् ।

प्रहरीकाे गाेली लागेर प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इन्चार्जकाे मृत्यु

1 year ago

सर्लाही । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएको छ । प्रहरीले भने प्रतिबन्धित नेकपाका कार्यकर्तासँग दोहोरो भिडन्त हुँदा पौडेलको मृत्यु भएको जनाएको छ । पौडेलको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले दाबी गरेको छ ।

हृदयघातको कारण पूर्व शिक्षा मन्त्री पौडेलको निधन

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातको कारण ५३ वर्षीय उनको चितवनको माडीस्थित निवासमा शुक्रबार बिहान निधन भएको जानकारी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा मार्फत दिएका हुन्। माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्याइए पनि त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए ।

प्रतिबन्धित नेकपाका जुम्ला इन्चार्ज पक्राउ

1 year ago

खलङगा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी एक नेता जुम्लामा पक्राउ परेका छन् । नेकपाका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

चेतावनीस्वरूप माथिल्लाे कर्णालीमा बम विस्फाेट : प्रतिबन्धित नेकपा

1 year ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले शनिबार माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा भएको बिस्फोटको जिम्मा लिएको छ । नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणद्वारा आइतबार निकालेको विज्ञप्तिमा आयोजना निर्माणको जिम्मेवारी नेपालीको जनताको हितविरुद्ध भारतीय कम्पनी जिएमआरलाई सुम्पिएको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ ।

गोरखामा एकैदिन २३३ जना नेकपामा प्रवेश

1 year ago

गोरखा । नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेको नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिए ।

Page 32 of 37

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।