News | Tag: नेकपा

प्रचण्डको पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

1 year ago

चितवन । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेकपा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चल्ने भएको छ । अध्यक्ष प्रचण्डको पहलमा मन्त्रिपरिषदको बैठकले चितवनमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याउने निर्णय गरेको हो । वनमन्त्री शक्ति बस्नेतका अनुसार चितवन देशकै मध्ये भागमा रहेको हुनाले दुई वटा प्रदेशलाई हेर्ने गरी चितवनमा पनि चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ सञ्चालनमा ल्याइएको हो ।

प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी नेताहरुको बैठक

1 year ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्व माओवादी नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा अहिले बसिरहेको छ । आइतबार बिहान ७ बजेदेखि प्रचण्ड निवासमा एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न पूर्व माओवादी नेताहरूको बैठक जारी रहेको छ । पूर्व माओवादीले पाएको विभिन्न विभागका लागि नाम टुंगो लगाउन खुमलटारमा बैठक बसेको ती नेताले बताए ।

प्रतिबन्धित नेकपाले लियाे धनगढीकाे विस्फाेटकाे जिम्मा

1 year ago

कैलाली । धनगढीमा बिहीबार साँझ भएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । विस्फोटको जिम्मा लिँदै प्रतिबन्धित नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले शुक्रबार एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको बताइएको छ ।

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

1 year ago

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वारा जारी विज्ञप्तिमा आगामी साउन ७ गतेदेखि सरकारी सवारी साधनहरू चल्न नदिने घोषणा गरेको हो ।

प्रतिबन्धित नेकपा निकट रेड युथफोर्सका अध्यक्ष हिमशिखर पक्राउ

1 year ago

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पश्चिम नवलपरासीबाट प्रतिबन्धित नेकपाका दुई जिल्लास्तरका नेता पक्राउ

1 year ago

काठमाडौँ । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता पक्राउ

1 year ago

डडेल्धुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । देशैभर प्रतिबन्धित नेकपाले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् । आज बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको हो ।

'संखुवासभामा तीन वटा हेलिकप्टरले घेरा हालियाे, गाेली चलाइयाे र भिडन्तको हल्ला पिटियाे'

1 year ago

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले गत सोमबार संखुवासभाको तिलिचुङ गाउँपालिकामा भएको प्रहरी दमनप्रति घोर आपत्ति जनाएको छ । पूर्वी कमाण्डका इन्चार्ज विषमद्वारा बुधबार जारी विज्ञप्तिमा सोमबार तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहरीले तीन ओटा हेलिकप्टरबाट घेरा हाली एकोहोरो गोली चलाई भिडन्तको हल्ला पिटेको दाबी गरिएको छ ।

असार २२ गते बन्द आह्वान नगरिएकाे प्रतिबन्धित नेकपाकाे स्पष्टाेक्ति

1 year ago

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आह्वान नगरेको जनाएको छ । विभिन्न अनलाइन सञ्चारमाध्मले नेकपाको आह्वानमा असार २२ गते बन्द भनि सम्प्रेषण गरेको समाचार तथ्यहीन भएको भन्दै आफुहरूले बन्दको कार्यक्रम नराखेको जनाएको हो ।

विप्लव समूहका एक कार्यकर्ता काठमाडाैँबाट पक्राउ

1 year ago

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक कार्यकर्तालाई काठमाडाैँबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

Page 31 of 37

पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।