News | Tag: नेकपा

नेकपा सचिवालयको बैठक आज दिउँसो ३ बजे बस्ने

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भनिएकाे थियाे । तर, पुनः समयमा फेरबदल भएकाे छ । नेकपाको सचिवालय बैठक आज ३ बजे बस्ने भएकाे छ ।

नेकपा सचिवालय बैठक बस्दै

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बुधबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलमा भएको थियो ।

गत वर्षकै मापदण्डअनुसार ११ कक्षामा भर्ना गर्न अनेरास्ववियूको माग

4 months ago

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ मा भर्ना हुनका लागि गत वर्षको मापदण्ड प्रयोग गर्न माग गरेको छ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई एक ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्ड अनुसार नै भर्ना गर्नसमेत माग गरेको हो ।

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १८ गतेसम्मको लागि स्थगित भएको छ । मंगलबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबारको लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो । तर, दुवै अध्यक्षबीच शुक्रबार छलफल भएपछि बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

शनिबार नेकपा सचिवालय बैठक बस्ने

4 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । मंगलबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार सचविालय बैठक बोलाउने सहमति भएको हो । शनिबार नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनको व्यवहारिक कार्यन्वयनबारे छलफल गर्न दुई अध्यक्षबीच भेट भएको हो ।

कार्यदलको प्रतिवेदनमाथि बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच छलफल हुँदै

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल शुरु भएको छ । शनिबार नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्नको लागि दुई अध्यक्षबीच भेट भएको हो । कार्यदलको प्रतिवेदनको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच १० बजेपछि छलफल शुरु भएको हो ।

नेकपा कार्यदल प्रतिवेदनः ओलीलाई पूर्ण कार्यकाल

4 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन् । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव समावेश गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए ।

नेकपा विवाद एक साताभित्र नयाँ निष्कर्षमा पुगेर अगाडि बढ्ने प्रचण्डको दावी

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवाद एक साताभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी गरेका छन् । बुधबार राति प्रशारित एपी वान टेलिभिजनको कार्यक्रम ‘द ब्राभो डेल्टा शो’मा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

नेकपा प्रवक्ता भन्छन्ः तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छैन

5 months ago

सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले बैठकमा मुख्यमन्त्री र मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको दाबी गरेका हुन् । पार्टीले हाल संकटको निकास खाजेको भन्दै अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षबीच र सचिवालयमा छलफल नभएको बताएका हुन् ।

नेकपा सचिवालय बैठकले अध्यक्षद्वयले बनाएको कार्यदल अनुमोदन गर्‍यो

5 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउनको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनाएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई अनुमोदन गरेको हो ।

Page 29 of 54

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।