News | Tag: डढेलो

यी तस्बिर नेपालमा लागेको डढेलोका हुन् ?

2 weeks ago

काठमाडौँ । केही दिनयता मुलुकभरका जंगलमा डढेलो लागेको र हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको छ । जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु बन्द गराएको छ । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।

सावधानीपूर्वक यात्रा गर्न आग्रह

3 weeks ago

रसुवा । ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले स्याफ्रुबेँसी – हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

अष्ट्रेलियाको पर्थमा लागेको डढेलोले ७१ घर जलेर नष्ट

2 months ago

सिड्नी । अष्ट्रेलियाको पर्थमा लागेको डढेलोले ७१ घर जलेर नष्ट भएका छन् । पर्थको उत्तर पूर्वी क्षेत्रमा सोमबारबाट सुरु भएको डढेलोले उक्त घरहरु नष्ट भएका हुन् । आगलागी पहाडी सहर वरुलोबाट तटीय मैदानमा पुगेको अधिकारीहरूले बताएका छन् ।

आगोले नै निभायो आगो

3 months ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो ।

मंसिर १३ देखि ताचैको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन

3 months ago

मनाङ । गत मंसिर ११ गते देखि मनाङको नासो गाउँपालिका–८ ताचैको जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोले झन्डै सात सय हेक्टर जङ्गल सखाप बनाएको छ । मानवीय क्षति नभए पनि लोपउन्मुख जङ्गली जनावर र वनस्पति नास गरेको छ ।

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

3 months ago

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

पाथीभरा मन्दिर नजिकै भीषण डढेलो

3 months ago

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । फुङलिङ् नगरपालिका–११ स्थित सिम्बु सामुदायिक वनमा केही दिनदेखि भीषण डढेलो सुरु भएको हो । डढेलोको कारण ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ ।

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

7 months ago

एजेन्सी । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।

अष्ट्रेलियामा वर्षा त भयो तर, खानेपानीमा खरानी मिसिने चिन्ता

1 year ago

सिड्नी । लामो समयदेखि अष्ट्रेलियामा डढेलो लागेको क्षेत्रमा पानी परेको छ । न्यू साउथ वेल्स राज्यको पूर्वी भेगमा वर्षा भएको हो । वर्षा भएसँगै सिड्नी लगायत देशको पूर्वी क्षेत्रका बासिन्दाहरुलाई राहत महसूस भएको छ ।

अष्ट्रेलियाको डढेलोले २७ जनाको ज्यान गयो, राहतको लागि सन्दीपको जर्सी अक्सनमा

1 year ago

सिड्नी । अष्ट्रेलियामा लामो देखि लागेको डढेलोको कारण हालसम्म २७ जनाको ज्यान गएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री स्कट मोरिसनले डढेलोको कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका हुन् ।

Page 1 of 2

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।