News | Tag: जनार्दन शर्मा

जनार्दन शर्मा भन्छन्ः संविधानअनुसार संसद जिवित नै छ

4 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन् । सोमबार बिहान समाजिक संजालमा एक पोस्ट गर्दै नेता शर्माले संसद जिवित नै रहेको बताएका छन् ।

सरकारले गणतन्त्रविरोधी क्रियाकलापको रक्षा गरेको जनार्दन शर्माको आरोप

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारले गणतन्त्रविरोधी क्रियाकलापको रक्षा गरेको आरोप लगाएका छन् । आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा विशेष प्रस्तव दर्ता गर्दै नेता शर्माले सो विषयमा छलफल गर्न माग गरेका छन् ।

नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

2 months ago

काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

जनार्दन शर्मा भन्छन्ः चेपाङ्गका लागि दश दिनमा नयाँ घर बनाइदेउ

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चेपाङ्गका लागि दश दिनमा नयाँ घर बनाइदिन आग्रह गरेका छन् । चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीका घर जलाइएका चेपाङ्गका लागि नयाँ घर बनाई दिन उनले सरकार समक्ष आग्रह गरेका हुन् ।

जनार्दन शर्माले सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरे

7 months ago

काठमाडौँ । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् । नेकपा नेतासमेत रहेका शर्माले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र गाडी बिहीबार फिर्ता गरेका हुन् । शर्माले आफ्नोभन्दा राष्ट्र र जनताको सुरक्षा ठूलो भएको भन्दै जावलाखेलस्थित निवासबाट सुरक्षाकर्मीलाई खादा लगाइदिएर बिदाई गरेका हुन् ।

जनार्दन शर्माकाे प्रस्ताव : एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔँ

1 year ago

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रदेश प्रहरी प्रमुखको पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)लाई लैजान प्रस्ताव गरेका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भाग लिँदै नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न र त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकनै उपयुक्त हुने दाबी गरे ।

यदु गाैतमकाे हत्या पार्टी नीतिभन्दा बाहिर गएर भयाे : जनार्दन शर्मा

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले यदुकुमार गौतमको हत्याले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् । यदु स्मृति प्रतिष्ठानले आज आयोजना गरेको २०औँ यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले गौतमको हत्या पार्टीको योजना र नीतिभन्दा बाहिर गएर भएको बताए ।

इन्चार्ज जनार्दन शर्मा भन्छन्, हाम्रो कर्णाली हामी बनाउँछौ

2 years ago

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए ।

Page 1 of 1

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।