News | Tag: एनसेल

एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना

1 month ago

काठमाडौँ । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिँदै जति धेरै फोनमा कुरा त्यतिनै उपहार पाउने योजना एनसेलले ल्याएको छ । उक्त योजनामा दैनिक, साप्ताहिक र बम्पर उपहारहरु समावेश गरिएको छ ।

एनसेलद्वारा टिकटक र फेसबुक प्याक सार्वजनिक

2 months ago

काठमाडौँ । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मजा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।

एनसेलको कर विवाद टुंगियो

7 months ago

काठमाडौँ । एनसेलले सर्वोच्च अदालतको आदेशअनुसार सरकारलाई तिर्न बाँकी सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ । आइतबार ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेसँगै एनसेलको कर विवाद टुंगिएको हो ।

राष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेलको सहकार्य

9 months ago

काठमाडौँ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियानमा सहकार्य गरेको छ। उक्त खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ।

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

9 months ago

काठमाडौँ । प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफरमा ग्राहकले १००रुपैँया (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

एनसेलको ‘मेरो प्लान’ सार्वजनिक

10 months ago

काठमाडौँ । एनसेलले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डाटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् । यो आकर्षक योजना मङ्गलबार (पुस २९) देखि लागू हुनेछ । यो योजनामा एनसेलले दुई साप्ताहिक प्याकहरुः २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ । २ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ मा सेवा प्राप्त गर्नेछन् ।

एनसेलले ४ अर्ब ५० करोड पूँजीगत लाभकर तिर्यो, अझै १८ अर्ब तिर्न बाँकी

10 months ago

काठमाडौँ । नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । सर्वोच्च अदालतले दिएको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा ठूला करदाता कार्यालयले पत्राचार गरेपछि एनसेलले कर लाभकर तिरेको हो ।

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

11 months ago

काठमाडौँ । एनसेलले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन् ।

एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण, कर तिर्न पन्ध्र दिनको म्याद

11 months ago

काठमाडौँ । ठूला करदाता सेवा कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।

यी १० देशमा एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’

1 year ago

काठमाडौँ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेलले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।

Page 1 of 2

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।