News | Tag: इन्टरनेट

देशभर ६९ प्रतिशत इन्टरनेट जडान

1 month ago

काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ ।

ओखलढुंगाको खिजीदेम्बीका सबै विद्यालयमा इन्टरनेट जडान

2 months ago

ओखलढुंगा । वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ ।

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

2 months ago

काठमाडौँ । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।

निःशुल्क वितरण गर्दै आएको इन्टरनेटमा अब शुल्क लाग्ने

3 months ago

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ ।

‘भायानेट ! तिमीले दिएको सास्तीले जागिर जाने भो !’

3 months ago

नेपालमा लकडाउन सुरु भएको अघिल्लो दिनदेखि नै म कार्यालय गएको छैन । मैले गर्ने कामको लागि एउटा साधरण ल्यापटप र भरपर्दो इन्टरनेट काफी छ । सोही कारण मैले यो कोरोनाभाइरस (कोभिड– १९)को महामारीको समयमा पनि घरैबाट काम गरिरहेको छु ।

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

6 months ago

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

महशुल नतिर्नेलाई इन्टरनेट सेवा प्रदायकले सेवा नदिने

8 months ago

काठमाडौँ । महशुल नतिर्नेलाई इन्टरनेट सेवा प्रदायकले सेवा नदिने भएको छ । गत बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले महशुल तिर्न नसक्नेहरुको इन्टरनेटको लाइन लकडाउनभरी नकाट्नको लागि निर्देशन दिए पनि सेवाप्रदायकहरुले भने उक्त निर्देशनको कार्यान्वयन नगर्ने भएका हुन् । प्राधिकरणले जारी गरेको सूचना विपरित इन्टरनेट सेवा प्रदायकहरुले महशुल भुक्तानीबिना सेवा सुचारु गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

महशुल भुक्तानी नगरे पनि लकडाउनभरि इन्टरनेट सेवा नकाट्न प्राधिकरणको निर्देशन

9 months ago

काठमाडौँ । समयमा इन्टरनेटको महशुल भुक्तानी नगरे पनि सेवा अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । कोरोना भाईरसको कारण लकडाउन भएको अवस्थामा ग्राहकहरुको इन्टरनेटको लाइन नकाट्न प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रदायकहरुलाई लाइन नकाटिदिन प्राधिकरणले निर्देशन दिएको हो ।

कर्णालीमा अझै आएन इन्टरनेट

11 months ago

रारा (मुगु) । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु सञ्चारविहीन भएका हुन् ।

मात्र एक मिनेटमा इन्टरनेटमा के–के हुन्छ ?

11 months ago

एजेन्सी । यदि तपाईलाई प्रश्न गरियो कि एक मिनेटमा तपाई के–के गर्न सक्नुहुन्छ ? यसको उत्तर के हुन्छ तपाईको ? तपाईले भन्न सक्नुहोला म १० म्यासेज पठाउन सक्छु या १०० मिटर दौडन सक्छु । तर सोँच्नुहोस् यही काम यदि विश्वभरमा लाखौं मानिसहरु एकैसाथ गरेमा के होला ?

Page 1 of 2

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।