Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल भारतसँग ९ विकेटले पराजित

नेपाल भारतसँग ९ विकेटले पराजित


काठमाडौँ । एसिसी इमर्जिङ एसिया कप अन्तर्गत छिमेकी राष्ट्र भारत ‘ए’ ले नेपालमाथि ९ विकेटको सहज जित निकालेको छ ।

भारतसँगको हारसँगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २२.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । भारतको जितमा अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

यस्तै, साई सुदर्शन ५२ बलमा ८ चौका र १ छक्कासहित ५८ रनमा नट आउट रहे । ध्रुब जुरेल १२ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।

त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८५ बलमा ६५ रन जोडे । यस्तै, गुलशन झाले ३० बलमा ३८, देव खनालले २१ बलमा १५, सोमपाल कामीले ३९ बलमा १४ रन जोडे ।

कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आशिफ शेखले ७, भीम सार्कीले ४ रन बनाए । यस्तै पवन शर्राफले ९ बलमा ६ रन जोड्दा ललित राजवंशीले ७ बलमा ३ रन जोडे ।

नेपालले अब अन्तिम खेल बुधबार युएई ‘ए’ सँग खेल्नेछ । भारत २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

पाकिस्तान २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छन् । समूह बी बाट भारत र पाकिस्तान दुबैले सेमिफाइनलमा स्थान बनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT