Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलकर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत


कर्णाली । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माणकार्य बाँकी रहेको जनाइएको छ ।

यस्तै रङ्गशालमा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिमचरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म रु ६५ करोड ८५ लाख रकम खर्च भएको उनको भनाइ छ । विसं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उनले बताए । यस्तै १०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने (ख) श्रेणीमा सात वटा वक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बाँस्केटवल) रहेका छन् । त्यसैगरी (ग) श्रेणीमा १० कवड्डी, डॉकेट, खोखो, ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटबल टिमको खेललाई वर्गीकरण गरिएको उहाँले जानकारी दिए । यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो ।

यस्तै खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कारस्वरुप रु २७ लाख ५५ हजार खर्च गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT