Techie IT
२०८१ चैत्र २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य


काठमाडौँ। आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बाबेको हरारेमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभर पुरै खेले नौ विकेटको क्षतिमा २६८ रन बनायो।

गुल्सन झा र सन्दीप लामिछानेको उत्कृष्ट साझेदारीमा नेपालले राम्रो स्कोर खडा गर्यो। कुनै समय सात रनमा तीन विकेट गुमाएर संकटमा परेको नेपालले खेलमा पूनरागमन गर्यो। नौ नम्बरमा ब्याटिङ गर्न आएका गुल्सन झाले नटआउट अर्धशतकीय योगदान गरे। ४२ बलको सामना गर्दै ३ छक्का र चार चौका प्रहार गरेका उनी ५७ रनमा नटआउट रहे।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरे। यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो। यअअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए।

सन्दीपले ३२ रन जोडे। सन्दीपले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए। कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए। रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २–२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान ११ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT