Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल एसिसी यू– १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

नेपाल एसिसी यू– १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा


काठमाडौँ। नेपाल एसिसी यू– १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन जोडेको थियो। नेपालको पालीमा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिशेक तिवारीले २५ रन बनाए। त्यस्तै, सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए।

सिंगापुरले ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो। नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए।

नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?

काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

Techie IT