काठमाडौँ। जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।
समूह चरणका खेलमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग खेल्नेछ। समूहमा नेपालसहित, दुई पटकको वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल १८ जुनमा आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेस्ट इन्डिज र २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ।